नेपालले आज भारतसँग खेल्दै
काठमाडाैं | मंसिर २६, २०८०
तस्बिर फाइल
काठमाडौं: युएईमा भइरहेको एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ ।
समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ ।
अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ ।
यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ ।
यू–१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो ।
२०१८ मा भएको खेलमा भने नपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

